महाशिवरात्री

आदरणीय स्कटल्यान्ड बासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार

बिषय : हार्दिक निमन्त्रणा ।

महोदय,

हिन्दु धर्मावलम्बीहरुको महान धार्मिक पर्व महाशिवरात्रीको अवसरमा श्री पशुपतिनाथ मन्दिरमा तपशिलको मिति , समय र स्थानमा भव्य रुपमा हिन्दूहरुका आराध्यदेव महादेव शिवजीको पुजा आराधना का सांथै पशुपतिनाथ मन्दिर समितिकी ट्रस्टी प्रकृति थापा प्याकुरेल ज्युको परिवारबाट लघु रुद्री पूजा हवन पूजाका साथै भजन किर्तन र प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएकोले उक्त बिशेष महाशिवरात्री पूजामा यहाँहरु उपस्थिति भई पुन्य कमाउनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

तपशिल

मिति : 8th March Friday

समय : 8:30 AM (Morning)

स्थान : नेपाली कम्यूनिटी हल ग्लास्गो

Venue: Nepalese community hall

Glasgow

1 Priory Ave

Paisley

PA3 4NS

नोट: कृपा उक्त दिन मा सामुहिक रुद्री पूजा लाउने परिवार लाई £21 र ग्रह शान्ति हवन लाउने लाई £11 को सेवा मन्दिर मा उप्लब्ध छ ।पूजा को लागि निम्न नम्बरमा सम्पर्क गरी नाम टिपाउनुहुन समेत अनुरोध गर्दछौं ।

07465151051

आयोजक

श्री पशुपतिनाथ मन्दिर

व्यवस्थापन समिति

परिवार